कक्षा ४, ७ र ९ को पाठ्यक्रम कार्यान्वयन सम्बन्धी कमलमा कार्यशाला
Published:
by .कमल । कमल गाउँपालिका शिक्षा शाखाले पालिका भित्रका सामुदायिक विद्यालयमा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि पाठ्यक्रम प्रवोधिकरण सम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
सामुदायिक विद्यालयमा चालु शैक्षिक शत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित कक्षा सञ्चालन भइरहेको छ । सो विषयहरु कसरी अध्यापन गराउने, मूल्याङ्कन पद्धति कस्तो हुने आदि सन्दर्भहरुलाई कार्यशालामार्फत् छलफल गरिएको हो ।
कार्यशालामा समूह विभाजन गरी सहजीकरण गरिएको थियो । भाषा समूह अन्तर्गत अग्रेजी र नेपाली विषयको सहजीकरण क्रमशः मधुसुधन अधिकारी र गोविन्द प्रसाद पौडेलले गरेका थिए । यस्तै विज्ञान र गणित समूहको सहजीकरण क्रमशः महेन्द्रप्रसाद घिमिरे र रुकमान लिम्बूले गरेका थिए भने सामाजिक समूहको सहजीकरण बद्री कार्कीले गरेका थिए ।
तीन समूहमा वर्गीकरण गरिएको कार्यशाला गोष्ठीमा सहभागीहरु माझ पाठ्यक्रमको परिचय, मूल्याङ्कन पद्धति र अक्षराङ्क मूल्याङ्कन विधिका विषयमा सहजीकरण गरिएको सहजकर्ता महेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
कमल गाउँपालिका मातहतका २१ वटा सामुदायिक विध्यालयबाट गोष्ठीमा ४५ जना शिक्षकहरुको सहभागिता थियो । गाउँपालिका शिक्षा शाखाले सहभागी छनोट गर्दा पनि वैज्ञानिक विधि अपनाएको जनाएको छ । गोष्ठीमा कक्षा १ देखि ५ सम्म सञ्चालन भएका विध्यालयबाट १ जना, ८ सम्म सञ्चालन भएका विध्यालयबाट २ जना र १२ कक्षासम्म सञ्चालन भएका विध्यालयबाट ३ जनाको सहभागिता गराइएको थियो ।
Comments