असार ३२ गते नेपाल कुचो संघका सदस्यहरुलाई प्रमाणपत्र दिइने
Published:
by .झापा । नेपाल कुचो संघका साधारण सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिने भएको छ । असार ३२ गते संघले काठमाडौंमा कार्यक्रमको आयोजना गरी सदस्यलाई प्रमाणपत्र वितरण गरिने भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा ३२ गते सदस्यता वितरण कार्यक्रम गर्ने तयारी भएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
संघको राष्ट्रिय महाधिवेशन भदौ ४ गते काठमाडौमा हुने तयारी पनि गरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी स्वरुप सदस्यलाई प्रमाणपत्र वितरण गर्न लागिएको अध्यक्ष कार्कीले जानकारी दिएका हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७८ भदौ २० गते दर्ता भएको कुचो संघले गत कात्तिकमा नेपाल उद्योग वाणिज्य महासंघबाट वस्तुगत सदस्यता प्राप्त गरेको हो ।
पछिल्लो समय वार्षिक ६५ करोड रुपैयाँ हाराहारीको अम्लिसो विदेश निर्यात भएको सरकारी तथ्याङ्क छ । अम्लिसोको उत्पादन बढाउँदै विदेश निर्यात गरेर ब्यापार घाटा कमगर्न र कृषकलाई अम्लिसो खेतीतर्फ आकर्षित गरी उनीहरुको जीवनस्तर माथि उकास्ने उद्देश्यका साथ कुचो संघको स्थापना गिरएको अध्यक्ष कार्कीको भनाई छ ।
Comments