Sajhamanch Archive

श्रीलंकामा संकटकाल घोषणा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विश्व समाचार by .

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिले आज (बुधबार) राजीनामा दिने बताएका थिए । देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले दुवैले राजीनामा नदिएसम्म आफूहरु घर नफर्कने अडान लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *