Sajhamanch Archive

चुलाचुली गाउँपालिकाका ५० जना भूमिहीनलाई भदौ १५ भित्र धनिपूर्जा दिइने !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

चुलाचुली । राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलाम र चुलाचुली गाउँपालिकाबीच भूमि समस्या सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

चुलाचुली गाउँपालिका क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका समस्यालाई समाधान गर्नका लागि प्रारम्भिक चरणको प्रक्रिया सुरु गर्ने विषयमा अन्तरक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको अन्तरक्रियामा राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसीले आयोगले तत्काल गरिरहेको कामका सन्दर्भमा प्रकाश पारेका थिए ।

अध्यक्ष केसीले पूर्ववर्ती आयोगले गरेका कामलाई निरन्तता दिँदै अपुग भएका कागजपत्र माग गर्ने काम भइरहेको जनाए । अहिलेसम्ममा १५० जनाको फायल हेर्ने काम सकिएको उनले जनाए ।

आगामी भदौ १५ गतेसम्ममा चुलाचुलीमा बसोबास गर्ने ५० जना नागरिकलाई प्रक्रिया पूरा गरी धनिपूर्जा हस्तान्तरण गर्ने गरी आयोगले काम गरिरहेको अध्यक्ष केसीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *