Sajhamanch Archive

१७ घण्टापछि रोकियो मिथेन ग्याँससहितको फोहोरा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ ।

नगरपालिकाका मेयर दीपक रिसालले आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको जानकारी दिए । त्यहाँ ट्यांकर पठाएर सरसफाइ गर्न वडा अध्यक्षलाई भनिएको उनले जानकारी दिए ।

लोसेटारस्थित सन्तकुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो । उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिंदा स्थानीय प्रभावित भएका थिए ।

‘करिब १७ घण्टापछि अहिले फोहोरा आउन बन्द भएको छ’ मेयर रिसालले भने, ‘अब सरसफाइ गर्ने तयारीमा छौं ।’

ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको मेयर रिसालले बताए । आगलागीको जोखिम हुन सक्ने भएकाले त्यहाँ रातिसम्मै सेना र प्रहरी परिचालन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *