पुष्पलालप्रति एमाले अध्यक्ष ओलीको धारणा
Published:
by .काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको महान् शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने बताएका छन्।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले नेपाली समाजको परिवर्तन र रुपान्तरणका निम्ति पुर्याएको योगदानको स्मरण र मूल्याङ्कन गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुर्याउन संकल्प गर्नुपर्ने धारणा राखे।
पुष्पलालले नेपाली जनतामा चेतना जगाउने कार्य गरेको ओलीले बताए । राजनीतिक चेतना, अन्धविश्वास र भ्रमबाट नेपाली समाजलाई मुक्त पार्ने काम गरेको बताए। नेपालको इतिहासका सन्दर्भमा जानेका सत्य कुराहरु आफूले बताउने गरेको भन्दै ओलीले इतिहासलाई किम्बदन्तीबाट नेपालको वास्तविक इतिहास ल्याउनुपर्ने धारणा राखे।
ओलीले पुष्पलालले ग्रन्थ(लेखमा पनि पुष्पलाल मात्र लेख्ने गरेको स्मरण गरे। ओलीले जातियताका विरुद्ध लागेकाले पुष्पलालले नामको पछाडि थर लेख्न छाडेको बताए। उनले भने,‘हामी उहाँलाई पुष्पलाल भनेर नै चिन्दछौं, उहाँको इच्छा अनुसार नै। ’
‘रामेछापको भंगेरीमा जन्म भएको पुष्पलाललाई माइला दाई भनेर पनि बोलाइन्थ्यो’ उनले भने।
Comments