कनकाईका ३२ युवालाई कारितासको स्वरोजगार तालिम
Published: (Updated: )
by .कनकाई । कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ ।
कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिममा झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र विद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने रहेको छ भने बाँकी तालिम ३९० घण्टाको रहेको छ ।
झोला बनाउने तालिममा १२ जना, विद्युतीय मोटर बनाउने तालिममा १० जना र कुकमा १० जना प्रशिक्षार्थी रहेका कारितास नेपालको सुरक्षित वैदेशिक रोजगार कार्यक्रमका होम भट्टराईले जानकारी दिए । तालिम समापन पछि सहभागितालाई विशेष कार्यक्रमका विच प्रमाणपत्र प्रदान गरिएको छ ।
तालिम समापन समारोहमा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले तालिमबाटै कनकाईको समृद्धि सम्भव भएको बताए । तालिमबाट सिकेका ज्ञान सीपलाई व्यावसायमा लगाउनसमेत नगरप्रमुख पोखरेलले सबैलाई सुझाव दिए ।
बैँकको ढिलासुस्तीका कारण कनकाईका युवालाई प्रदान गर्न लागिएको युवा स्वरोजगारको रकम प्रदान गर्न नपाइरहेको भन्दै अबका हप्तादिन भित्र बैंकले रकम लगानी नगरे नगरपालिकाले बैँकसँगको सम्झौता तोड्ने पोखरेलले चेतावनी दिए ।
उक्त कार्यक्रममा कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लगाईं लगायातले सिकेका सीपलाई व्यावहारमा उर्तान सुझउँदै यसका लागि नगरपालिकाबाट समेत सहयोगको वातावरण हुने प्रतिवद्धता जनाए ।
तालिममा सहभागीका तर्फबाट बोल्दै मिना सिटौला, रुद्र अधिकारी र सुजन आचार्यले बजारीकरण र चलपुँजीका लागि नगरपालिका र दातृ निकायबाट सहयोगको आवश्यकता औंल्याएका थिए । साथै आफूहरुले सिकेको सीपबाटै पेशाको सुरुवात गरिसकेको समेत जानकारी गराइएको थियो ।
कारितास नेपालका क्षेत्रीय प्रमुख देबेन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा परियोजना अधिकृत हिमालयन अधिकारीको स्वागत र सुरक्षित वैदेशिक परियोजनाका कनकाई नगर प्रमुख विवेक शिवाकोटीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Comments