मानव बेचबिखन तथा ओसारपसार देशको गम्भीर समस्या
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको गम्भीर समस्या बन्दै गइरहेको बताएका छन् ।
रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउदैँ यस क्षेत्रलाई निरूत्साहीत बनाउन सबै लागि पर्नु पर्नेमा जोड दिए ।
देशमा बेरोजगार तथा नेपाल(भारत खुल्ला सिमाना भएका कारण रोजगारीको विभिन्न प्रलोभनमा परी नेपालीहरू भारतलगायतका अन्य देशमा बेचिने गरेका छन् । उनले भने, झस्थानीय क्षेत्रमा नै प्रशस्त रोजगारीको अवसर सिर्जना गर्नसके धेरै हदसम्म यो समस्या हल गर्न सकिन्छ ।ञ
कार्यक्रममा बोल्दै माइती नेपाल क्षेत्रीय कार्यालय काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरे, शक्ति समूह काँकरभिट्टाका प्रमुख रत्ना श्रेष्ठ, विश्व सेवा विस्तार काँकरभिट्टाका प्रमुख अनिता गुरागाई, आफन्त नेपाल काँकरभिट्टाका प्रतिनिधि अञ्जली तामाङ, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठलगायतले यो सामुहिक समस्या भएकाले यसको समाधानका लागि सरकार, संघसंस्था, नागरिक समाज सबै लागि पर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरूको सहगागिता थियो ।
रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत रोट्रयाक क्लब अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ मेचीनगरका सचिव कृष्ण काफ्लेले गरेका थिए ।
Comments