Sajhamanch Archive

मेची सामुदायिक सिकाइ केन्द्रमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

कमल । कमल गाउँपालिका वडा न. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको चौथो साधारणसभाले मातृकाप्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल इलामको माई नगरपालिका वडा न. २, चेप्टीस्थित हयाप्पी ड्रिम्समा शनिबार सम्पन्न साधारणसभाले नेपालसहित चार सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिका सदस्यहरुमा शरणकुमार पराजुली, दुर्गाप्रसाद नेपाल र विष्णु बेघालाई चयन गरेको हो । केन्द्रको विधानअनुसार नवनिर्वाचित कार्यसमितिको बैठकले पदेन सदस्य तथा मनोनित सदस्यहरू थप गरी समितिलाई पूर्णता दिने छ ।

सिकाइ केन्द्रलाई यहाँसम्म ल्याउनमा योगदान पुर्याउनेप्रति धन्यवाद दिँदै आगामी दिनमा गाउँपालिका भरिको शिक्षा क्षेत्रको विकासका लागि सिकाई केन्द्रका नवनिर्वाचित समितेले काम गर्न सकोस् भन्ने शुभकामना दिदै त्यसका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

सिकाइ केन्द्रका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, ३ नम्वर वडाका वडाअध्यक्ष अग्निप्रसाद कोइराला, कमल गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायतले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाको बन्दसत्रमा सिकाई केन्द्रका सचिव मातृकाप्रसाद नेपालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मतिबाट पारित गरेको थियो । संस्थाको नयाँ नेतृत्व चयनका लागी शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको संयोजकत्वमा उमानाथ भण्डारी तथा हिमप्रसाद दाहाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *