शर्मा अर्थमन्त्रीमा दोहोरिँदै
Published:
by .काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
अर्थमन्त्रीका रुपमा शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताएका छन् । जेठ १४ गते राति अनाधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गरेको अभियोग लागेपछि मन्त्रीले असार अन्तिम साता राजीनामा दिएका थिए ।
तर संसदीय छानविन समितिले प्रतिपक्षीहरुले लगाएको आरोप प्रमाणित हुनेगरी तथ्य नभेट्टाए पछि पुनः शर्मालाई नै अर्थमन्त्री बनाउन लागिएको ‘प्रचण्ड’ स्रोत बताउँछ ।
Comments