Sajhamanch Archive

मेचीनगरको बजेट १ अर्ब ४८ करोड ४३ लाख, बजेट पुस्तिका सार्वजनिक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरेको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले सो पुस्तक सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ पैसाको बजेट नगर विकास योजना पुस्तक मार्फत सार्वजनिक गरिएको छ ।

नगरस्तरीय चालु खर्च २ करोड ८३ लाख ५० हजार, पुँजीगत खर्चमा ५ करोड ३४ लाख ९३ हजार ४५८ रुपैयाँ ३४ पैसासहित कुल ७४ करोड २४ लाख ४३ हजार ४५८ रुपैयाँ छ ।

संघबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सशर्त अनुदान चालु खर्च ४ करोड ४६ लाख, पुँजीगत खर्च ११ करोड ७९ लाख गरी जम्मा कुल ५२ करोड २५ लाख रुपैयाँ छ ।

त्यस्तै प्रदेशबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सशर्त अनुदान पुँजीगत खर्चतर्फ १ करोड ११ लाख २३ हजार रहेको छ ।

ऋणको सावाँ–व्याज भुक्तानीतर्फ ६ लाख र समपुरक कोषमा पुँजीगत खर्चतर्फ ५ करोड रहेको छ ।

नगरपालिकाको आन्तरिक श्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, राजश्व बाँडफाड, विशेष अनुदान, समपुरक अनुदान, सशर्त अनुदान रकमसमेत समावेश गरी आ.व.२०७९/८० का लागि सो बजेट ल्याइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *