कारितास नेपालको वार्षिक समिक्षा बैठक सम्पन्न
Published:
by .कमल । कारितास नेपालको प्रादेशिक कार्यालय दमकले आज आफ्नो वार्षिक कार्यक्रम समीक्षा गरेको छ । दकममा भएको समीक्षा बैठक विध्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणका विषयमा विभिन्न चरणमा भएका कार्यक्रमको समीक्षा गरिएको थियो ।
कमल गाउँपालिकामा रहेका सामुदायिक विध्यालयहरु मध्ये विपदको जोखिममा परेका ७ वटा विध्यालयबाट व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, फोकल पर्सन, जनप्रतिनिधि लगायतको उपस्थितिमा समीक्षा बैठक गरिएको हो ।
कारितास नेपालले २०१९ अगष्टदेखि ३० जुलाई २०२२ सम्म कमल गाउँपालिकामा सन्चालन गरेको कार्यक्रमका बारेमा परियोजना अधिकृत विपिन घिमिरेले सहभागीलाई जनाकारी गराएका थिए । कार्यक्रम अन्तर्गत विध्यालयमा शुद्ध खानेपानी तथा सरसफाई क्रियाकलाप, शौचालय निर्माण, डस्टविन वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी साना तथा मझौला अल्पिकरण कार्यक्रम अन्तर्गत विपदको समयमा गरिने विभिन्न प्रकारका कार्यक्रम सञ्चालन भएको थियो भने विपदका समयमा हुनसक्ने घटनाबाट जोगिने उपाय र विपद भइसके पछि उद्धारका समयमा गरिने पूर्वतयारीका विषयमा सरोकारवालासँग अन्तरक्रिया सचेतनामुलक कार्यक्रम सन्चालन भएको कारितास नेपाले जनाएको छ ।
कारितास नेपालले विध्यालयमा आधारित विपद जोखिम न्यूनीकरण परियोजना सञ्चालन गरेपछि विध्यालयमा धेरै परिवर्तन आएको जनाउँदै कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले विध्यालयमा शौचालय निर्माण, शुद्ध खानेपनिको व्यवस्थापन, विपदको पूर्वतयारी लगायतका क्षेत्रमा सहयोग गरेको बताए ।
कमल गाउँपालिकामा कारितास नेपालले विध्यालयमा आधारित विपद जोखिम न्यूनीकरण परियोजना सन्चालन गरेपछि विध्यालयको शैक्षिक सुधारमा धेरै परिवर्तन भएको र आगामी दिनमा समृद्ध कमल निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने बताउँछिन् ।
कारितास नेपालले कमल गाउँपालिकामा शिक्षाका क्षेत्रमा धेरै कार्यक्रम गरेको जनाउँदै कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रमुख देवेन्द्र पोख्रेलले आगामी दिनमा सामाजिक परामर्श र लागु औषधका विषयमा समेत कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, नरेन्द्र जनता माध्यमिक विध्यालय कमल १ का प्रधानध्याक बद्री कार्की, कालिका आधारभुत विध्यालयका फोकल पर्सन शिक्षक दुर्गाप्रसाद चापागाई, अरनिको आधारभूत विध्यालयका फोकल पर्सन शिक्षक प्रदिक कोइराला, कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, ईन्जिनियर सागर यादव लगायतले कारितास नेपालले गरेको कामको प्रशंसा गरेका थिए ।
Comments