एसईईमा कमलबाट संस्कृति प्रथम
Published:
by .कमल । झापाको कमल गाउँपालिकाका संस्थागत विध्यालयलाई पछि पार्दै यसवर्षको एसईई परीक्षाको नतिजा निकाल्न सामुदायिक विध्यालय सफल भएको छ ।
गत साउन ११ गते बुधबार प्रकाशित एसईई परीक्षाको अन्तिम नतिजा अनुसार कमल गाउँपालिकाबाट सामुदायिक विध्यालयमा अध्ययनरत संस्कृति अधिकारी प्रथम भएकी हुन् ।
कमल गाउँपालिकाका १० वटा सामुदायिक माध्यमिक विध्यालयमध्ये वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विध्यालयमा अध्ययनरत अधिकारीले ३ दशमलव ६५ जिपिए प्राप्त गरी गाउँपालिका कै प्रथम भएकी हुन् । आफू अध्ययनरत विध्यालयका एसईईमा सहभागी १४४ जना सहपाठीलाई पछि पार्दै अधिकारी उत्कृष्ट बनेकी हुन् ।
परीक्षा आउने बेलामा नसुती दिन रात पढ्नुभन्दा नियमित रुटिन बनाएर दैनिक अध्ययन गर्दा राम्रोसँग बुझिन्छ र परीक्षमा पनि राम्रो लेख्न सकिने संस्कृति अधिकारी बताउँछिन् । आफूले एसईई पास गरेकै विध्यालयबाट कक्षा १२ मा विज्ञान विषय लिएर पढ्ने उनको भनाई छ ।
हिजोदेखि नै हाम्रो विध्यालयले एसईई परीक्षमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । सोही अनुसार यसवर्ष पनि हाम्रो विध्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको मंगलमय माध्यमिक विध्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले बताउँछन् ।
रिजल्ट राम्रो ल्याउनमा शिक्षक, विध्यार्थी र अभिभावक सबै उत्तिकै जिम्वेवार रहने प्रधानाध्यापक बगाले बताउँछन् । पछिल्लो समय सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर सुधार भएसँगै एसईई परीक्षाको नतिजा पनि उत्कृष्ट आउन थालेको हो ।
Comments