पेशागत महासंघ झापाको अध्यक्षमा तुलसी भण्डारी सर्वसम्मत चुनिए
Published:
by .झापा । नेकपा एमाले निकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् । महासंघको आज बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
सबै पद सर्वसम्मत भएको समितिको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषध्यक्षमा डिकेन्सन पाण्डे चयन भएका छन् ।
यस्तै सदस्यहरुमा महेश लामिछाने, कृष्णप्रसाद पराजुली, धनराज इम्बुङ, मदन पौडेल, बाबुराम पोखरेल, ललितकुमार लिम्बू, टिकामाया दवाडी र सावित्रा फूँयल चयन भएका छन् । आजै तारानाथ दाहाल र उमानाथ भण्डारीलाई पनि सदस्यमा मनोनित गरिएको छ ।
अधिवेशनले रञ्जना डाँगी, तारादेवी विश्वकर्मा, सुभाषकुमार विक, रमेश आचार्य, मानबहादुर कार्की, कृष्णप्रसाद अधिकारी, फडिन्द्रबहादुर कटुवाल र लक्ष्मीप्रसाद अधिकारीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।
बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित अधिवेशनको एमाले झापा अध्यक्ष दीपक कार्कीले उद्घाटन गरेका थिए । पेशागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणा भइसकेकोले सबै पेशाकर्मीहरुलाई चुनावी अभियानमा लाग्न निर्देशन दिए । उनले यो वा त्यो बहानामा एमालेलाई हार्न छुट नरहेको बताउँदै पार्टीले पनि जनप्रिय नेतालाई उम्मेदवार बनाउने अवगत गराए ।
पेशागत महासंघका स्थायी कमिटी सदस्य एवम् १ नं प्रदेश अध्यक्ष देवराज कार्की, स्थायी कमिटी सदस्य राजकुमार गिरी, महासंघका राष्ट्रिय समिति सदस्य डम्बर देउजा, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको समारोहको सञ्चालन सचिव तुलसीप्रसाद भण्डारी र स्वागत सहसचिव नेत्रप्रसाद पोखरेलले गरेका थिए ।
अधिवेशनको बन्दसत्रले अध्यक्षको सांगठनिक प्रतिवेदन र कोषध्यक्षको आर्थिक प्रतिवेदन छलफल पछि पारित गरेको थियो ।
Comments