Sajhamanch Archive

नवीकरण तथा सूचीकरणका लागि आवेदन आह्वान सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

प्रधान कार्यालय, मेचीनगर–६, काँकरभिट्टा

दोस्रोपटक प्रकाशित मितिः २०७९।४।२२

छापा मिडिया नवीकरण तथा सूचीकरण सम्बन्धमा

संस्थाका सूचनाहरुलाई सदस्य र समुदाय माझ प्रभावकारी रूपमा सम्प्रेषण गर्नका लागि सूचना सम्प्रेषणका माध्यमहरु एफएम, छापा मिडिया र अनलाइन मिडिया मार्फत् समुदायमा पुर्याउन उक्त मिडियाहरूलाई संस्थागत रूपमा सूचीकरण गरी वार्षिक रूपमा सम्झौता गरिने भएकाले आ.व. २०७८।०७९ का लागि सूचीकृत भएकाहरु मध्ये आ.व. २०७९।०८० को सम्झौता नवीकरण गर्न इच्छुकहरुलाई नवीकरणको लागि आह्वान गरिन्छ । साथै सूचीकरण हुन इच्छुक फर्महरुलाई समेत आफूले लिने शुल्कसहित निवेदन/कोटेसन आह्वान गरिन्छ । छापा मिडियाले प्रथम पृष्ठ, बीचको पृष्ठ र अन्तिम पृष्ठको प्रति कोलम प्रति सेमीको दर रेट खुलाउनु पर्नेछ ।

मसलन्द सामग्री छपाईका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका छपाई सामग्रीको आवश्यकता पर्ने हुनाले संस्थाले उपलब्ध गराएको विवरण सूचीसहित आ.व. २०७९।०८० का लागि सूचीकरण गर्न आह्वान गरिन्छ ।

नोटः आवेदनका साथ फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने छ ।

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरु सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीहरुको आवश्यकता पर्ने हुनाले संस्थाले उपलब्ध गराएको विवरणसहित आ.व. २०७९।०८० का लागि सूचीकरणका लागि प्रदायक फर्म तथा कम्पनीहरुलाई आह्वान गरिन्छ ।

नोटः कोटेसनका साथ फर्म दर्ताको प्रमाण पत्र, चालु आवको करचुक्ता प्रमाण पत्र र पछिल्लो लेखा परीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्नेछ ।

स्टेशनरी तथा मसलन्द सामग्री आपुर्तिका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका मसलन्द तथा स्टेशनरी सामग्रीको आवश्यकता पर्ने हुनाले संस्थाले उपलब्ध गराएको विवरण बमोजिम आ.व. २०७९।०८० का लागि सूचीकरण गर्न आह्वान गरिन्छ ।

फर्निचर सामग्री आपूर्ति तथा निर्माणकर्ताका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका फर्निचर सामग्रीको आवश्यकता पर्ने हुनाले संस्थाले उपलब्ध गराएको विवरण बमोजिम आ.व. २०७९।०८० का लागि सूचीकरण गर्न आह्वान गरिन्छ ।

टी–सर्ट निर्माणकर्ता सूचीकरण सम्बन्धमा

संस्थामा कार्यरत कर्मचारीहरुका लागि साथै विभिन्न समयमा संस्थालाई आवश्यक पर्ने टी–सर्ट निर्माण गर्न सम्बन्धित फर्म वा कम्पनीलाई आ.व. २०७९।०८० का लागि सूचीकरण गर्न आह्वान गरिन्छ ।

फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्ड निर्माणकर्ता सूचीकरण सम्बन्धमा

संस्थालाई विभिन्न समयमा आवश्यक पर्ने फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्ड निर्माण गर्न सम्बन्धित फर्म वा कम्पनीलाई आ.व. २०७९।०८० का लागि सूचीकरण गर्न आह्वान गरिन्छ ।

आइटी यन्त्र उपकरणका लागि सूचीकरण सम्बन्धमा

संस्थालाई विभिन्न समयमा आवश्यक पर्ने आइटी सम्बन्धी यन्त्र उपकरणका लागि सम्बन्धित फर्म वा कम्पनीलाई आ.व. २०७९।०८० का लागि सूचीकरण गर्न आह्वान गरिन्छ ।

पुनश्चः

१. आवेदनका साथ व्यक्ति, फर्म तथा कम्पनीले आफ्नो ठेगाना, इमेल ठेगाना, फोन नं., मोबाइल नं., वेबसाइट (उपलब्ध भए) अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।
२. संस्थाले उल्लेख भएबमोजिमको सेवा दिन सूचीकृत भएका फर्म तथा कम्पनीसँग मात्र कोटेसन आह्वान गर्नेछ ।
३. संस्थालाई आवश्यक पर्नसक्ने सामग्रीहरुको सूची बिर्तामोडस्थित संस्थाको केन्द्रीय स्टोरबाट प्राप्त गर्न सकिनेछ ।
४. संस्थाको आवश्यकताका आधारमा माग भएका सामग्री तोकिएको समयमा तोकिएको गुणस्तरमा उपलब्ध गराउन नसक्ने फर्महरुलाई सूचीकरणमा नराख्न समेत सकिनेछ ।
५. आवेदन पेस गर्ने अन्तिम मितिः २०७९ साउन ३१ गते मंगलबार कार्यालय समयभित्र ।
६. आवेदन पेस गर्ने स्थानः संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टा ।

थप जानकारीका लागि सम्पर्क मोवाइल नम्बर ९८५२६८९४१५ (प्रशासन विभाग)

कर्पाेरेट कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *