कोरोनाबाट दुई जनाको मृत्यु, थप ४५५ मा संक्रमण पुष्टि
Published:
by .काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार जनाएको छ।
मन्त्रालयका अनुसार आज थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४ हजार ८२९ नमूना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ३०८ र एन्टिजेनबाट २ हजार ५२१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३०५ र एन्टिजेनबाट १५० नमूनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ।
Comments