Sajhamanch Archive

एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाई भन्छन्ः झापा ३ का जनताले सूर्यमा भोट दिन पाउनुपर्छ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

बनियानी । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सूर्यमा भोट खसाल्न पाउनुपर्ने माग गरेका छन् । पार्टी अध्यक्ष केपी ओली सहभागी कार्यक्रममा मन्तब्य राख्दै आज उनले यस्तो माग गरेका हुन् ।

झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा बोल्दै केन्द्रीय सदस्य प्रसाइले यहाँका जनतालाई हलो र गाई भन्दै अन्यौलमा पार्न नहुने जिकिर पनि गरे । क्षेत्र नं. ३ का मतदाताले सूर्यमा भोट खसाल्न पाउनुपर्ने जनताको माग रहेको उनको भनाई छ ।

झापा ३ मा एमालेको उम्मेदवारका रुपमा चर्चामा रहेका प्रसाईले आफू उम्मेदवार भए पनि नभए पनि यस क्षेत्रको दुखमा सधैं उपस्थित हुने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । उनले झापा ३ मा एमाले विजयी हुने कुरामा ढुक्क हुन सबैलाई आग्रहसमेत गरेका छन् ।

यसैबीच, कचनकवल गाउँपालिका आसपास बसोबास गर्ने १५ सयभन्दा बढी मानिसहरु राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेको जनाइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा नै सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरुलाई अविर टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

आलम कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् । आलमको एमाले प्रवेशसँगै राप्रपालाई ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *