Sajhamanch Archive

‘जनप्रतिनिधि नहुँदै कनकाईमा कृषि र पशुपालन अभियान चलाउने इच्छा थियो’ : नगरप्रमुख पोखरेल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by .

कनकाई। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि र पशुपालन क्षेत्रमा नगरबासीलाई सरिक गराएर कृषि क्रान्ति ल्याउने आफ्नो अभिष्ट रहेको बताएका छन् ।

नगरपालिकाको सभाहलमा शनिबार आयोजित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तरगत आ.व. २०७८/७९ मा भएका कार्यक्रमको सार्वजनिक सुनवाईमा उनले त्यस्तो बताएका हुन् ।

कनकाई नगरपालिका र हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा नगरपालिकामा सञ्चालित उक्त कार्यक्रमबाट विशेषगरी महिलाहरु स्वरोजगार बनेको उनको भनाई छ ।

‘जनप्रतिनिधि नहुँदै समाजसेवी भएको नाताले कृषि र पशुपालन क्षेत्रमा अभियान चलाउने सोच थियो’ नगरप्रमुख पोखरेलले भने ‘त्यो अभियानले सार्थकता पाउँदै गएको छ । विकासलाई जोड्ने एउटा आधारशिला भनेको कृषि र पशुपालन क्षेत्र नै हो ।’

हेपmरको सहयोगमा खुदुनाबारीका स्थानीय महिलाहरु जसरी बाख्रापालन गरेर आत्मनिर्भर भएका छन् त्यसरी नै यहाँका महिलाहरुलाई स्वारोजगार बनाएर कनकाईलाई समृद्वितर्फ लाने अभियान जारी रहेको उनको भनाई छ ।

हेपर प्रोजेक्टका कार्यक्रम संयोजक दिपेश पोखरेलले मान्छेको चेतना परिवर्तन गरेर कृषि र पशु क्षेत्रमा लगाउन सकेमा मात्र कृषिमा आत्मनिर्भर हुने बताएका छन् । ‘कृषि र पशु क्षेत्रमा महिलाहरुको उल्लेखनीय सहभागीता छ’ पोखरेलले भने ‘यो क्षेत्रमा काम गर्ने महिलाहरुमा चेतना बढी छ ।’

‘विकासलाई मिटरमा हेर्ने होइन’ तत्कालीन संविधानसभाका सदस्य एवम् अभियान नेपालका संयोजक प्रेम गिरीले भने ‘विकासको मुहार फेर्नुपर्छ । त्यो काम यो संस्थाले गरिरहेको छ । यो संस्थाले कृषि, पशुपालन लगायतका क्षेत्रमा महिलाहरुलाई आत्मनिर्भर बनाएको छ ।’

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी अधिकांश महिलाहरुले कृषि र पशुपालन क्षेत्रमा भएका उपलब्धी र समस्याका बारेमा धारणा राखेका थिए ।

हेपर प्रोजेक्टका हरि सिलवालले गत आ.व. २०७८/७९ मा कृषि र पशुपालन क्षेत्रमा गरेको कामको विवरण प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए । कृषि र पशुपालन क्षेत्रमा ५ करोड लगानी गरिएको छ । आयोजन २ वर्षमा सम्पन्न गरिएको थियो । नगरपालिकाको ५० प्रतिशत, हेपmर र प्रविधि कोषको २५/२५ प्रतिशत लगानी रहेको थियो ।

नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रमको सञ्चालन न्युज २४ का पत्रकार मात्रिका सुवेदीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *