Sajhamanch Archive

एनसिई नेपालको अध्यक्षमा पाठक, संयोजक ओलीद्वारा भावी योजनाहरु प्रस्तुत

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by .

झापा । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) जिल्ला समिति झापाको अध्यक्षमा अर्जुनकुमार पाठक सर्वसम्मत चयन भएका छन् ।

आज आइतबार बिर्तामोडमा सम्पन्न सातौं साधारणसभा तथा चौथो अधिवेशनले पाठकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जिल्ला समितिको उपाध्यक्षमा पुनम सुवेदी पोखरेल, सचिवमा अनिल गौतम र कोषाध्यक्षमा निशा गौतम अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

समितिका सदस्यहरुमा केदार कोइराला, गंगाराज प्रसाई, कुमारी भण्डारी, बिनु थपलिया, मात्रिकाप्रसाद नेपाल, नवराज सिटौला, प्रेमा भट्टराई, तिलक गजमेर र प्रेमराज गौतम सर्वसम्मत भएका छन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलको विशेष आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

साधारणसभामा शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समिति झापाका संयोजक मोहनप्रसाद ओलीले आफ्नो कार्यकाल २०७७ असोजदेखि हालसम्म सम्पादन गरिएका कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए । संयोजक ओलीले संस्था सञ्चालन गर्दा भोग्दै गरेका समस्याहरु एवम् भावी योजना र कार्यक्रमहरुबारे साधारणसभामा विषय प्रवेश गराएका थिए ।

यस्तै समितिका कोषाध्यक्ष पुनम सुवेदी पोखरेलले आर्थिक वर्ष २०७८/०७९ मा भएको आम्दानी र खर्चको ९४ हजार ११८ रुपैयाँको विवरण प्रस्तुत गरिन् । प्रतिवेदनअनुसार हाल झापामा ११ वटा सामुदायिक अध्ययन केन्द्रहरु शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समितिका सदस्य छन् ।

समितिका सचिव अनिल गौतमले सञ्चालन गरेको साधारणसभामा सदस्य संस्थाहरुबाट प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *