‘दैलो’ले खोलिदिएला त निर्माता उप्रेतीको भाग्यको दैलो ? (ट्रेलरसहित)
Published:
by .सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक भएको छ । जमुना देवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को ट्रेलर हाईलाइट्स नेपालले यसैसाता युट्युव मार्फत सार्वजनिक गरेको हो ।
सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र दैलोमा अप्रत्यक्ष दाइजो, शिक्षक र विद्यार्थीबीचको आत्मिय सम्बन्ध, अभिभावकको त्याग र समर्पणलगायत सामाजिक विषय वस्तुलाई कथाको रुपमा प्रस्तुत गरिएको छ ।
केही समय अघि सार्वजनिक गरिएको “कुतु कुतु लाग्यो मलाई कुतु कुतु” बोलको गीत समेटिएको चलचित्र दैलोले हरेक सिक्वेन्समा दर्शकको मनमा कुतुकुतु लगाइरहने निर्माणपक्षको दावी छ ।
चलचित्रमा आईटम गीतका रुपमा प्रस्तुत कुतुकुतुमा झापाकै चेली नृत्यङ्गना पवन पाठकले अभिनय गरेकी छन् । चलचित्रमा दुईवटामात्र गीत रहेको निमार्ण नियन्त्रक दृष्टान्त आचार्यले बताएका छन् ।
बिशुद्ध सामाजिक तथा पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र “दैलो” यही कात्तिक ३० गतेबाट नेपालभर एकसाथ प्रदर्शनमा आउने निर्देशक सुरेश उप्रतीले जानकारी दिएका छन् ।
चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउन, विकास चापागाई, दिक्षा आचार्य सापकोटा, मुना प्रसाई, दिपक डोटेल, सपना श्रेष्ठ, दिपक अधिकारी, जीवन कुईकेल, सञ्जय न्यौपाने, अनु ढुङ्गाना र बाल कलाकार सुयोग उप्रतीलगायतले अभिनय गरेको जनाइएको छ ।
चलचित्रको छायाङ्कक झापा, इलाम र काठमाडौं लगायतका स्थानमा गरिएको हो । तीन दशकभन्दा बढी अवधि चलचित्र क्षेत्रमा काम गरिसकेका कलाकार सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “दैलो” कस्तो बनेछ ? तलको युट्युव लिङ्कमा प्रस्तुत चलचित्रको ट्रृलरले नै बताउनेछ ।
हेर्नुस् युट्युव लिङ्कः
Comments