केर्खामा पतञ्जलीको तीज मिलन कार्यक्रम
Published:
by .कमल । पतन्जली योग समिति कमल गाउँपालिकाद्वारा आयोजित तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपलिका वडा नम्वर ३ स्थित दिगम्वेश्वर शिवालय मन्दिरको प्राङ्गणमा आयोजित तीज विषेश कार्यक्रममा दिदी बहिनीलाई दर खुवाउनुका साथै ज्येष्ठ नागरिकहरुलाई स्वरुची भोजनका साथमा सम्मान गरिएको छ ।
कोभिड १९ का कारण २ वर्षदेखि मनाउन नपाएको तीज मिलन कार्यक्रम यसवर्ष चेलीहरुलाई दर खुवाउनुका साथै ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको पतन्जली योग समिति कमलका अध्यक्ष कृष्णप्रसाद ओझाले बताए ।
कमल गाउँपालिका वडा नम्बर ३ का महिला वडा सदस्य भगवती राईको प्रमुख आतिथ्यमा सम्पन्न तीज विषेश कार्यक्रममा पतञ्जली योग समिति नेपाल प्रदेश नम्वर १ का महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, प्रदेश युवा प्रभारी बाबुराम बस्नेत, झापा जिल्ला उपाध्यक्ष कैलाश डाँगी, महिला अध्यक्ष प्रेमकला निरौला, महिला महामन्त्री निर्मला गजुरेल, जिल्ला सदस्य तथा सोसियल मिडिया प्रभारी उमानाथ भण्डारी, जिल्ला सदस्य बबिता अधिकारी, निर्मला रामदाम दकम नगर अध्यक्ष दुर्गाप्रसाद भण्डारी लगायतले तीज विषेश कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा मिना ओझा, बविता अधिकारी, कृष्णमाया खतिवडा लगाएतका कलाकारले तीज विषेश लघुनाटक प्रस्तुत गरेका थिए । तीज मिलन कार्यक्रमको सञ्चालन इन्दिरा गौतमले गरेकी थिइन् भने उपस्थित अतिथि तथा सहभागीलाई कोषाध्यक्ष मोहनलाल खनालले शाब्दिक स्वागत गरेका थिए ।
Comments