आचार संहिताबारे निर्वाचन आयोगमा छलफल
Published:
by .काठमाडौं । निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचार संहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो ।
सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो । दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।
Comments