Sajhamanch Archive

घरेलु संघका महिला उद्यमीहरूले गरे तीज मिलन कार्यक्रम

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by .

बिर्तामाेड । झापा घरेलु तथा साना उद्योग संघ झापामा आवद्ध महिला उद्यमीहरूलाई आज मनाेरञ्जनात्मक कार्यक्रमसहित तीजकाे दर खुवाइएकाे छ ।

झापा घरेलु तथा साना उद्याेग संघ महिला समितिकाे आयाेजनामा अध्यक्ष आशा लिम्बूकाे अध्यक्षतामा संक्षिप्त ओैपचारिक कार्यक्रम पछि दर खुवाइएकाे थियाे ।

बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्माकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएकाे हाे । आफ्नाे मन्तब्यमा वडाध्यक्ष शर्माले तीज पर्वकाे उद्भवकाे महत्व दर्शाउँदै भावी पुस्तालाई अझ सांस्कृतिक पर्वकाे रूपमा हस्तान्तरण गर्नुपर्ने सुझाव दिए ।

झापा घरेलु तथा साना उद्याेग संघ झापाका अध्यक्ष जीवनाथ काफ्लेले आफ्नाे संस्थामा आवद्ध महिला उद्यमीहरूलाई एकैठाउँमा भेला गरेर स्वरूची भाेजन गराउन महिला समितिले गरेकाे प्रयासकाे सराहना गरे ।

उक्त कार्यक्रममा सहभागी महिलाहरूबीच हण्डी फुटाई र म्युजिकल चेयर खेलाएर तथा नाचगान गरेर मनाेरञ्जन दिलाइएकाे थियाे ।

महिला समितिका सचिव धनु कन्दङवाले सञ्चालन गरेकाे तीज मिलन कार्यक्रममा महिला उद्यमी सदस्यहरू ८० जना हाराहारी र अन्य अतिथिहरू गरी १०० काे सहभागिता थियाे ।

संगीता रसाइलीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा पत्रकार गाेपाल काफ्ले, नरेश महरा, हाेटल संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, मजदूर नेता अम्बिरकुमार लिङ्देनले शुभकामना मन्तब्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *