एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक १२ गते सम्मका लागि स्थगित
Published: (Updated: )
by .काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।
आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।
एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
अनलाइनखबर
Comments