सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
Published:
by .काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँड कार्यदलले काम पूरा गर्न नसकेपछि पाँच दलका शीर्ष नेताहरु आफैं बसेर त्यसबारे छलफल थालेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मंगलबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो तर सहमति हुन सकेको थिएन ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँडका विषयमा गठबन्धनमा छलफल जारी रहेको बताए । ‘हामी सिट बाँडफाँडका विषयमा छलफल गरिरहेका छौँ । विभिन्न प्रस्तावहरु आएका छन् । दलहरुको आ–आफ्नो चाहना छ’ उनले भने ‘नेताहरुबीच छलफल जारी छ । हामी चाँडै निष्कर्षमा पुग्छौँ ।’
गठबन्धनमा रहेका दलहरुबीच २०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भ एपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन ।
कान्तिपुरबाट
Comments