Sajhamanch Archive

संजिवनी बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड‐४, झापाको निर्वाचन सम्बन्धी अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by .

संघीय सहकारी ऐन २०७४, प्रदेश सहकारी ऐन २०७५ र संजिवनी बचत तथा ऋण सहकारी संस्था लि. को विनियम २०६४ (संशोधित विनियम २०७४) र संस्थाको निर्वाचन निर्देशिका २०७६ अनुसार विनियमको परिच्छेद १० दफा ३२ (ग) अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र सदस्य ५ जना गरी जम्मा ९ जना र सोही विनियमको परिच्छेद ११ दफा ४१ अनुसार लेखा सुपरीवेक्षण समितिको संयोजक १, सदस्य–२ जना गरी जम्मा ३ जनाको निर्वाचन स्वच्छ, पारदर्शी, विवाद रहित प्रजातान्त्रिक तवरबाट आगामी ४ वर्षे कार्यकालका लागि सहकारी ऐनमा व्यवस्था भए अनुसार ३३ प्रतिशत अनिवार्य महिला हुने व्यवस्था भएकोले सो अनुसार हुने गरी निर्वाचन सम्पन्न गर्न निम्न अनुसारको निर्वाचन कार्यक्रम सम्पूर्ण शेयर सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यक्रम

सि.नं. निर्वाचन कार्यक्रम मिति समयदेखि समयसम्म स्थान
१. मतदाता नामावली प्रकाशन २०७९–०५–२८ १०ः०० १०ः०० संस्थाको कार्यालय बिर्तामोड
२. मतदाता नामावली सच्याउने, थप गर्ने, छुट समावेश गर्ने २०७९–०५–२८ ११ः०० १२ः००
३. मतदाता नामावली उपर दावी विरोध २०७९–०५–२८ १२ः०० २ः००
अन्तिम मतदाता नामावली प्रकाशन २०७९–०५–२८ ४ः०० ४ः००
५. उम्मेदवारको मनोनयन फारम वितरण २०७९–०५–२९ १०ः०० ११ः३०
६. उम्मेदवारको मनोनयन दर्ता २०७९–०५–२९ १२ः०० ३ः००
७. उम्मेदवारको नामावली प्रकाशन २०७९–०५–२९ ३ः३० ३ः३०
८. उम्मेदवार उपर दाबी विरोध २०७९–०५–२९ ३ः३० ४ः४५
९. दावी विरोध पश्चात पुनः नामावली प्रकाशन २०७९–०५–२९ ४ः४५ ५ः००
१०. उम्मेदवारको मनोनयन फिर्ता २०७९–०५–३० १०ः०० ३ः००
११. उम्मेदवारको अन्तिम नामावली प्रकाशन २०७९–०५–३० ४ः३० ४ः३०
१२. मतदान मतदान हुने मिति र स्थान पछि सूचना प्रकाशन गरिनेछ ।
१३. मत गणना मतदान हुने मिति र स्थान पछि सूचना प्रकाशन गरिनेछ ।
१४. परिणाम घोषणा मतदान हुने मिति र स्थान पछि सूचना प्रकाशन गरिनेछ ।

 

निर्वाचन समिति
संजिवनी बचत तथा ऋणसहकारी संस्था लि.
बिर्तामोड‐४, झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *