Sajhamanch Archive

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता जारी एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार by .

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।

आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबारसम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसककेको बताइएको छ ।

मेची रंगशालामा सम्पन्न एथलेटिक्सको नतिजा अनुसार महिलातर्फ १०० मिटरमा हिमा पौडेल र सविना चौहान, २०० मिटरमा निशा माझी र रेनुका गौतम चयन भएका छन् । यस्तै ४०० मिटरमा विष्णु चम्लागाईं र दिया बराल, ८०० र १५०० मिटरमा सुस्मिता राई, ५००० मिटरमा सलिना तामाङ र सविना चौहान छनोट भएका छन् ।

लङजम्पमा रेनुका गौतम र सविना चौहान, ट्रिपलजम्पमा सविना चौहान, सटपुट र डिस्क्स थ्रोमा कञ्चन विमली, ज्याभलिन थ्रोमा सलिना तामाङ, हाइजम्पमा रेनुका गौतम र सविना दर्नाल छनोट भएको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिएका छन् ।

एथलेटिक्सको पुरुषतर्फ १०० मिटरमा विनय धिमाल र राजिव ढुंगाना, २०० मिटरमा प्रजे तामाङ र विनय अधिकारी, ४०० मिटरमा लीला भित्रीकोटी र विनय अधिकारी छनोट भएका छन् । यसैगरी, ८०० मिटरमा प्रेम तामाङ र पवनकुमार शाह, १५०० मिटरमा प्रेम तामाङ र मेघराज राई, ५००० मिटरमा सरोज सिंह र सुखदेव टुडु, १० हजार मिटरमा सरोज सिंह र अनिल हेमरम तथा २१ किलोमिटरमा मेघराज राई छनोट भएका छन् ।

यस्तै, लङजम्पमा राजिव ढुंगाना र मुकेश चौधरी, ट्रिपलजम्पमा राजिव ढुंगाना र विशाल टुडु, हाईजम्पमा विशाल टुडु र प्रजे तामाङ, ज्याभलिनमा शुकराज तामाङ र सुमन दर्जी, सटपुटमा प्रवेश धिमाल, डिक्स थ्रोमा प्रेम तामाङ र अभिषेक राजवंशी छनोट भएका छन् ।

पुरुष भलिबलतर्फ विमान खड्का, रोमन वस्नेत, राजन लिम्बू, रोहित शिवाकोटी, पुकार तामाङ, रविन गौतम, गणेश कटुवाल, कुमार कटुवाल, अनिष निरौला, सुमन राना मगर, भरत यादव, सुजन बुढाथोकी, लीला डाँगी, कृष्ण तामाङ, आकाश नेपाली र प्रकाश लावती चयन भएका छन् । महिलातर्फ झरना राजवंशी, पवित्रा डाँगी, सुन्यता मगर, रेजिना पन्धाक, नुमा लाओती, पूजा सुवेदी, प्रसन्ना बोहोरा, नेहा बोहोरा, प्रशान्ति श्रेष्ठ, निकिता भट्टराई, तानिया राई, मञ्जु मावो, हिरा खड्का र प्राची गौतम चयन भएको प्रशिक्षक हेमा थापाले जानकारी दिइन् ।

यस्तै, हक्की खेलमा पुरुषतर्फ मनोज चौधरी, सन्तोष बेस्रा, दिपक खतिवडा, कृष्ण तामाङ, विशाल चौधरी, राजु राजवंशी, रिसब चौधरी, नरेश मगर, रोशन श्रेष्ठ, अनिकित प्रधान, शिवजी मगर, किशु मगर, विष्णु घिमिरे, सुदीप चौधरी, कैलाश शिवाकोटी, गौरव कार्की, विवेक राजवंशी र कृष्ण लुइँटेल छनोट भएका छन् । हक्की खेलमा महिलातर्फ सिर्जना तामाङ, उषा मुर्मु, रञ्जीता राई, सीमा राई, पूर्णिमा राई, अरुणिमा राजवंशी, अञ्जली पाहान, मनिका समरिया, करुणा चम्लागाईं, शान्ति कार्की, अस्मिता माझी, सविना दर्नाल, रजिता दंगाल, रोमा ऋषिदेव, रञ्जना राजवंशी, प्रिष्किला मगर, विष्णु जोगी र नूमा आङ्देम्बे छनोट भएको प्रशिक्षक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

यसैगरी, भारत्तोलनमा महिलातर्फ ४९ केजीमा राधा भुजेल, ५५ केजीमा करिना चौधरी र ५९ केजीमा सोनीदेवी दास छनोट भएका छन् । पुरुषतर्फ ५५ केजीमा चन्दन मुखिया, ८१ केजीमा प्रसिद्ध भक्तराज लवट, ८९ केजीमा अमिलाल राजवंशी र सञ्जय फुयँल छनोट भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु नेम्बाङले जनाए ।

मेची रंगशालामा कराते र तेक्वान्दोका खेलहरु जारी रहेको र बिहीबारसम्ममा नतिजा आउने कराते प्रशिक्षक कालु मेचेको भनाई छ । यसैगरी, फुुटबल, क्रिकेट, बास्केटबल, व्याडमिन्टन, बुद्धिचाल लगायतका खेलहरु जिल्लाका विभिन्न स्थानमा जारी रहेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *