Sajhamanch Archive

केर्खा बजारमा व्यस्थित पार्किङ्ग थालियो

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

कमल । कमल गाउँपालिकाको केर्खा बजारमा जथाभावीरुपमा पार्किङ्ग गरिएका अटो, सिटी सफारी र म्याजिक भ्यानलाई व्यवस्थित गरिएको छ ।

गाउँपालिकाको मुख्य बजार केर्खामा पछिल्लो पटक सवारी साधनको रुपमा सिटी, अटो र म्याजिक भ्यानको संख्या ह्वात्तै बढेको छ । सवारी चालकहरुले जथाभावी रुपमा पार्किङ्ग गर्नाले दुर्घटना हुने भएकोले त्यसलाई व्यवस्थित गरिएको कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयले जनाएको छ ।

अनियन्त्रित रुपमा पार्किङ्ग गरिएका सवारी साधनहरुमध्ये अटो र सिटी सफारीलाई केर्खा क्याम्पा सडकको दायाँ बायाँतर्फको खाली ठाउँमा व्यवस्थित रुपमा पार्किङ्ग गरिएको छ । म्याजिक भेनलाई पूर्व पश्चिम राजमार्ग उत्तरको खाली ठाउँमा पार्किङ्ग गरिएको छ । यदि कुनै पनि सवारी चालकले अटेर गरी जथाभावीरुपमा पार्किङ्ग गरेको पाइएमा त्यस्ता सवारी चालकसँग ट्राफिक प्रहरीले जरिवाना गर्नसक्ने वडाध्यक्ष अग्निप्रसाद कोइरालाले बताएका छन् ।

वडा नम्वर ३ का जनप्रतिनिधि, टोल विकास सस्थाका प्रतिनिधि, केर्खा बजार व्यस्थापन समितकिा प्रतिनिधि, सवारी चालक र ट्राफिक प्रहरीसहितको सहमतिमा सवारी साधनलाई व्यास्थित गरिएको हो ।

यसरी व्यवस्थित रुपमा सवारीलाई पाकिङ्ग गरिएको अवस्थामा सवारी चालकलाई मार पर्ने एकजना सिटी सफारी चालकको दुखेसो छ । आफू खुशी चलाउँदै आएकोमा पालो पर्खिएर मात्र सवारी चलाउनु पर्ने नियमले सबैको आम्दानी कम हुने सिटी चालक पुष्प खनालको भनाई छ ।
बजारमा जथाभावी रुपका सवारी पार्किङ्ग गर्दा यसले बजारको सुन्दरता बिगार्नुका साथै दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

तर वडा कार्यालयको पहलमा टोल विकास संस्था र ट्राफिक प्रहरीको सहयोगमा पार्किङ्ग व्यावस्थित रुपमा गरिएको छ । यसले स्थानीय व्यसायीलाई समेत फाइदा हुने व्यवसायी चन्द्र फागोको बुझाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *