Sajhamanch Archive

शिक्षक महासंघ कमलको अधिवेशन भदौ २० मा हुने

Published: in मुख्य समाचार, राजनीति, शिक्षा, समाज, स्थानीय तह by .

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा झापाको कमल गाउँपालिकामा क्रियाशील शिक्षकहरुको प्रतिनिधि संस्थाको बैठक बसेर शिक्षक महासंघ गठनका लागि आ–आफ्नो संस्थाबाट कायम रहेका सदस्यहरु निर्धारण गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कार्यसमितिको आयोजनामा वडा नम्बर ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा आज सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

शिक्षक महासंघ केन्द्रीय समितिको निर्देशन अनुसार भदौ १० गते भित्रमा सबै पालिकाको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने निर्देशन भए पनि शिक्षक संगठनका विभिन्न घटकले आफ्नो प्रतिनिधि निर्धारण गर्न नसकेका कारण भदौ २० गते सम्ममा प्रतिनिधि निर्धारण गरी पठाई सक्नुपर्ने निर्णय गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलका अध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रीय प्रतिनिधि मोहनकुमार बगाले, नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि गोपालचन्द्र भुजेल, शिक्षक महासंघ झापाका उपाध्यक्ष बद्री कार्की, शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहालको उपस्थिति थियो ।

बैठकले अहिले चलिरहेको विद्यालय कर्मचारीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै कर्मचारीका जायज मागहरु पूरा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र माग पूरा नभए शिक्षा क्षेत्रमा सिर्जना हुने अन्योलको जवाफदेही पनि सरकार नै हुने निर्णय भएको संगठनका केन्द्रीय प्रतिनिधि मोहनकुमार बगालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *