Sajhamanch Archive

झापामा ८६ हजार ८८८ जना मतदाता थपिए, संघ र प्रदेशका कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । झापामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा ८६ हजार ८८८ जना मतदाता थपिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दावी विरोध प्रयोजानार्थ निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको मतदाता नामावली अनुसार अघिल्लो निर्वाचनमा भन्दा मंसीर ४ को निर्वाचनका लागि झापामा ८६ हजार ८८८ मतदाता थपिएका हुन् ।

२०७४ सालको संसदीय निर्वाचनमा झापामा पुरुष मतदाताको संख्या २ लाख ८८ हजार ८४५, महिला मतदाताको संख्या २ लाख ९६ हजार ३१२ जना र अन्य मतदाता ९ जना गरी जम्मा ५ लाख ८५ हजार १६६ जना थिए । आगामी मंसीर ४ गतेका लागि तोकिएको निर्वाचनमा पुरुष ३ लाख ३४ हजार ७३२ जना र महिला ३ लाख ३७ हजार ३१४ जना गरी ६ लाख ७२ हजार ५४ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । यद्यपी, दावी विरोधका क्रममा सो संख्या घट्न पनि सक्नेछ ।

दावी विरोध प्रयोजानार्थ सार्वजनिक गरिएको पछिल्लो मतदाता विवरण अनुसार झापाको निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभातर्फ १ लाख २१ हजार ५६४ जना रहेका छन् । जसमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ (क) तर्फ ७२ हजार ६५० जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ (ख) तर्फ ४८ हजार ९१४ जना मतदाता रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ मतदाताको संख्या १ लाख ३५ हजार ४ ७९ जना रहेका छन् । जसमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) तर्फ ५९ हजार ८९० जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ (ख) तर्फ ७५ हजार ५८९ जना मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ मतदाताको संख्या १ लाख ३३ हजार १६८ जना रहेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) तर्फ ६८ हजार ९५ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर ३ (ख) तर्फ ६५ हजार ७३ जना मतदाता रहेको जनाइएको छ ।

त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ मतदाताको संख्या १ लाख २५ हजार २४ जना छन् । जसमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (क) तर्फ ५४ हजार ११३ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) तर्फ ७० हजार ९११ जना मतदाता रहेका छन् ।

त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ मतदाताको संख्या १ लाख ५६ हजार ८१९ जना रहेको छ । जसमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर ५ (क) तर्फ ७६ हजार १४ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ (ख) तर्फ ८० हजार ८०५ जना मतदाता रहेको निर्वाचन कार्यालय झपााले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *