सदस्य शिक्षा प्रदान गर्दै एनएमसी
Published:
by .कमल । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्ना सदस्यलाई सदस्य शिक्षा प्रदान गरेको छ ।
मेचीनगर ६ काँकडभिट्टामा मुख्य कार्यालय रहेको एनएमसीको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको व्यवस्थापनमा केर्खा सेवा केन्द्रको एकाई नम्बर ३ का सदस्यलाई सोमबार तालिम प्रदान गरिएको हो ।
कूल १ लाख ३२ हजार भन्दा बढी सदस्य रहेको एनएनसीको केर्खा सेवा केन्द्रमा २ हजार २०० भन्दा बढी सदस्यहरु छन् । संस्थाले सदस्यहरु माझ वित्तीय कारोबारका साथै डेरी उद्योग, नमूना कृषि फर्म, चिया उद्योग र सहकारी पसल सञ्चालन गर्दै आएको छ ।
एनएमसीले हरेक सदस्यलाई संस्थाको वित्तीय कारोबारको अवस्थितिका साथै सञ्चालन गरेका व्यवसायहरु अनि संस्थाको विश्वसनियताका सूचकहरुबारे सदस्यमाझ सहजीकरण गरिएको हो । सदस्य शिक्षा कार्यक्रममा एनएमसीको सबल पक्ष, सम्भावित चुनौतीहरु, भावस् योजना तथा कार्यक्रमहरु, बचतका विभिन्न प्रकारहरुबारे जानकारी दिइएको एकाई नम्बर ३ का सदस्य लक्ष्मीप्रसाद ओझाले जानकारी दिए ।
तालिमको सहजीकरण शिक्षा तथा तालिम उपसमितिका सदस्य चन्द्रप्रसाद भट्टराई र केर्खा सेवा केन्द्रका प्रमुख बिनिता बस्नेतले गरेका एकाई नम्बर ३ का संयोजक कमलादेवी दाहालले बताइन् ।
Comments