केर्खामा असल छोरी–बुहारी सम्मानित, नृत्य प्रतियोगिताका उत्कृष्टले पाए नगद पुरस्कार
Published:
by .कमल । झापाको कमल गाउँपालिकास्थित समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजना र लुम्बिनी विकास बैंक केर्खा शाखाको प्रायोजनमा आज तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
केर्खा बजारमा सम्पन्न तिज विशेष कार्यक्रममा नृत्य प्रतियोगिताका साथै असल बुहारी र असल छोरीलाई सम्मान गरिएको छ । कार्यक्रममा नृत्यतर्फ प्रनिशा नेपाल र साथीहरुको टिम प्रथम भएका छन् भने सन्ध्या लिम्बू र साथीहरुको टिम द्वितिय भए ।
उक्त प्रतियोगितात्मक नृत्यमा सरस्वती ठाकुर तृतिय भइन् भने श्रेयन्सी ढुङ्गेल र समृद्धि गौतमले सान्त्वना पुरस्कार भएका छन् ।
नृत्य प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई नगद एक हजार ५००, एक हजार १००, एक हजार र ७०० सय रुपैयाँ प्रदा नगरिएको थियो । त्यसैगरी असल बुहारी तर्फ पार्वता दाहाल राई र असल छोरीतर्फ हरिमाया कार्की बानियाँलाई सम्मान गरिएको छ ।
समावेसी महिला शसक्तिकरण केन्द्रका अध्यक्ष श्रृजना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भगवती राईले गरेकी थिइन् । कार्यक्रममा समसामयिक लघु नाटकसमेत मञ्चन गरिएको थियो ।
Comments