झापा क्षेत्र नं. १ प्रदेश सभातर्फ नेपाली कांग्रेसका आकांक्षीहरु को को ?
Published:
by .झापा । आगामी मंसीर ४ गतेका लागि घोषित संघीय र प्रदेशको चुनावका लागि नेपाली कांग्रेस झापा क्षेत्र नं. १ प्रदेश समितिले (क) बाट तीनजना आकांक्षी र (ख)बाट ५ जना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयमा बसेको प्रदेश समितिको बैठकले ‘क’ मा ४ जना आकांक्षीमध्ये ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बालाजित राई, ताराविर कटुवाल, गोपाल तामाङ र सुदय पनेरुको नाम चर्चामा थियो । तीमध्ये आकांक्षी पनेरु पछि हटेपछि प्रदेश समितिले राई, कटुवाल र तामाङको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
यसैगरी क्षेत्र नं. १ को प्रदेश समितिले (ख) बाट पाँचजना आकांक्षीको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
पार्टीको प्रदेश समितिको बैठकले (ख)बाट प्रेम सम्बाहाम्फे, लालबहादुर थेवे, देवेन्द्र गौतम, लोकराज ढकाल र खड्ग पन्धाकको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । तीन जनाको नाम पठाउनु पर्नेमा ५ जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।
यी नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने छ । बैठकमा बिमल आचार्य, केशवराज पाण्डे, मणिकुमार उप्रेती, इन्द्रबहादुर बुढाथोकी, अशोककुमार पोखरेल, सुदय पनेरु लगायतका नेताहरु थिए ।
बैठकमा क्षेत्र नं। १ प्रदेश समितिका सम्पूर्ण कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ‘क’ र ‘ख’ बाटै समानुपातिकमा महिला आकांक्षीहरुको नाम सिफारिस हुन बाँकी रहेको समितिले जनाएको छ ।
Comments