Sajhamanch Archive

रामहरि नेपाल क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा उम्मेदवार सिफारिस

Published: in राजनीति by .

झापा । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा झापा क्षेत्र नं. १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट धुलाबारीका रामहरि नेपाल उम्मेदवार बन्ने भएका छन् ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र केन्द्रीय कार्यालयको बैठकले मेचीनगर १० निवासी नेपालको नाम उम्मेदवारका लागि सिफारिस गरेपछि उनी उम्मेदवार बन्न लागेका हुन् ।

कृषिलाई आधुनिकीकरण गर्नका लागि संघर्षरत कृषक नेपाल पछिल्लो समय सामुहिक खेती र जडिबुटी खेतीतर्फ सक्रिय रहँदै आएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *