Sajhamanch Archive

नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, सचिवमा प्रशान्त थापा दोहोरिए

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिव चयन गर्दै सम्पन्न भएको छ।

बिर्तामोडस्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले थापालाई नै पुनः सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको छ।

पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएका सचिव थापा सहित नवनिर्वाचित कमिटीलाई जिल्ला इन्चार्ज सुमन लिम्बूले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै प्रतिवद्धता मन्तव्य राख्दै सचिव थापाले पार्टीको एजेन्डा र उद्देश्यलाई दृढ संकल्पसहित अगाडि बढाउने र कार्यनयन गर्ने उद्घोष गरे ।

नवनिर्वाचित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपेश राई र पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले खदा र अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको तेस्रो झापा जिल्ला अधिवेशन हिजो बिर्तामोडस्थित अग्रसेन भवनमा उद्घाटन भएको थियो । पार्टीका जिल्ला सचिव प्रशान्त थापाको अध्यक्षतामा भएको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज दिपेश राई थिए भने विशेष अतिथि पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू रहेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिए । माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन् ।

नेता राईले नेकपा त्यहि प्रतिबद्धता र त्यहि लक्ष बोकेर आएका योद्धाहरुको पार्टी रहेकाले राज्यले कमजोर आँके दुर्घटना निम्तिने चेतावनी पनि दिए । सिद्धान्तसहितको परिवर्तनको एजेन्डा बोकेर आएको नेकपाले आफ्नो उद्देश्य प्राप्तिका निमित्त जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै देशमा अहिले निम्तिएको आर्थिक संकट बढ्नुको कारण राज्यसत्तामा रहेकाहरुको लुट धन्दाका कारण भएको दावी गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *