विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस
Published: (Updated: )
by .झापा । निर्वाचनमा प्रतिष्पर्धा गर्ने अवसर आएमा झापाको क्षेत्र नं. १ बाटमात्रै उम्मेदवारी दिने सार्वजनिक धारणा राखेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अन्ततः झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
वर्तमान गठबन्धन सरकारका सहयात्रीहरु ५ भन्दा बढी दल भएकाले उनको क्षेत्र कांग्रेस, माओवादी, समाजवादी वा अरु कसले पाउने भन्ने चाहिँ टुङ्गो लागिसकेको छैन । तर, नेपाली कांग्रेसका स्थानीय कमिटीले पक्रिया पूरा गरेर महामन्त्री शर्माको एकल नाम सिफरिस गरेको हो ।
क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
शर्मा २०७४ मा सम्पन्न प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेसँगको कार्यगत एकतामा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । यस्तै, २०७० सालमा सम्पन्न संविधान सभा सदस्यको चुनावमा नेकपा एमालेका उम्मेदवार रविन कोइरालासँग पराजित भएका थिए ।
Comments