नारी सञ्चार गृह झापाले घाेषणा गर्याे ११११११ रूपयाँ राशीकाे पुरस्कार
Published: (Updated: )
by .बिर्तामोड । नारी सञ्चार गृह झापाले ११ओैं स्थापना दिवसका अवसरमा आयाेजना गरेकाे विशेष कार्यक्रमका बिचमा जिल्लामै ठूलाे राशीका दुईवटा पुरस्कारकाे घाेषणा गरेकाे छ ।
संस्थाका अध्यक्ष भीमा शिवाकोटीले संस्थाले याेजना बनाए अनुसारकाे अक्षयकोष रकमकाे लक्ष्य पूरा गरेकाले साेकाे ब्याजबाट पुरस्कार प्रदान गर्न लागिएकाे घाेषणा गरिन् ।
पुरस्कारकाे घाेषणा गर्दै अध्यक्ष शिवाकोटीले २५ लाखकाे अक्षयकोषकाे लक्ष्य पूरा भएकाे र काेषकाे रकमकाे ब्याजबाट पुरस्कार र कार्यालय सञ्चालनमा खर्चने याेजना रहेकाे सुनाइन् ।
घाेषित दुईवटा पुरस्कार मध्ये पहिलाे नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार प्रत्येक २ वर्षमा वितरण गरिनेछ । एक लाख ११ हजार १११ रूपैयाँकाे राशीकाे उक्त पुरस्कार सुरूमा जिल्लाभर र पछि प्रदेशभर विस्तार गरिने याेजना रहेकाे तथा नारी सञ्चार गृहकाे अधिवेशनमा पुरस्कार वितरण गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिइन् ।
यसैगरी अर्काे पुरस्कार नारी सञ्चार युवा पत्रकारिता पुरस्कार रहेकाे छ । २५ हजार ५०५ रूपैयाँ राशीकाे उक्त पुरस्कार झापा जिल्लाभरका नयाँ महिला र पुरूष पत्रकारहरू मध्येबाट छनाेट गरी वितरण गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले आफ्नाे मन्तब्यमा हिजाेकाे भन्दा आजकाे सञ्चार क्षेत्रले सकारात्मक भन्दा नकारात्मक कुराहरू बढी उठान हुने गरेकाे दुखेसाे सुनाए ।
असललाई स्थापित र खराबलाई बिस्थापित हुनुपर्थ्याे तर
असल नियत राखेर पत्रकारिता गर्नेहरूकाे नामभन्दा मिथ्या पत्रकारिता गर्नेहरूकाे नाम आइरहेकाे अवस्था छ भन्दै मन्त्री घिमिरेले मिथ्या पत्रकारिताकाे अन्त्य हुनु जरूरी रहेकाे आवश्यकता ओंल्याए । पछिल्लाे समयमा सामाजिक सञ्जाल युट्युवरहरूलाई नियमन गर्न राज्यपक्ष गम्भीर हुनु आवश्यक रहेकाे बताए ।
प्रदेश १ मा याेभन्दा पहिले पत्रकार, सञ्चार माध्यमकाे तथ्यांक कतै पनि पाइएन हामीले तथ्यांक संकलन गरी पुस्तक प्काशन गरेका छाैं भन्दै मन्त्री घिमिरे प्रदेश सञ्चार विधेयक तयार गरेर पनि संसदमा लैजान पाइएन, समितिमा नै राेकपएकाेले प्रदेश सञ्चार ऐन बनाउन नसकिएकाेमा उनकाे गुनासाे थियाे ।
प्रदेश महासंघलाई पत्रकार अक्षयकोष निर्माण गर्न १० लाख रूपैयाँ प्रदान गर्ने निर्णय भएकाे जानकारी गराउँदै मन्त्री घिमिरे महासंघलाई १ कराेडकाे अक्षयकोष बनाउन सल्लाह पनि दिए । नारी सञ्चार गृहका लागि अक्षयकोष वृद्धि गर्न उपयुक्त सहयाेग गर्ने व्यक्तिगत र सरकारकाे तर्फबाट प्रादन गर्ने उनकाे घाेषणा छ ।
सुशासनकाे विषयमा गम्भीर बन्न आवश्यक छ, निहित स्वार्थका लागि माफियाले अदालत नै किनिदिने गरेकाे अवस्था छ । `मन्त्री भएकाे ६ महिनामा म माथि ५ वटा मुद्दा परिसक्याे, केही काम गर्न खाेज्याे, केही परिमार्जन गर्न खाेज्याे, माफियाहरू अगाडि सरेर काम गर्न दिएका छैनन्´ उनकाे चिन्ता छ । नारी सञ्चार गृहका सचिव भूमिका सुब्बा फ्याकले सञ्चालन गरेकाे पहिलाे सत्रकाे कार्यक्रममा प्रदेश पत्रकार महासंघका उपाध्यक्ष हिमा चेम्जाेङले महासंघकाे वर्तमान अवस्थाका बारेमा जानकारी गराइन् ।
Comments