भद्रपुरमा वुद्धिजीवी परिषद गठन, अध्यक्षमा गोपाल आचार्य
Published:
by .भद्रपुर । बाम वुद्धिजीवीहरुको प्रथम भद्रपुर नगर भेलाले गोपाल आचार्यको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद भद्रपुर नगर समिति गठन गरेको छ ।
शनिबार भद्रपुर नगरपालिकाभित्र रहेका बाम वुद्धिजीवीहरुको भेलाले परिषद नगर समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा अधिवक्ता देवीकुमारी निरौला, सचिवमा लक्ष्मीप्रसाद घिमिरे, उपसचिव द्वय अम्बरबहादुर खड्का, झमकबहादुर बस्नेत र कोषाध्यक्षमा शंकर गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी, सदस्यहरुमा दशरथ प्रधान, ओमप्रकाश कोइराला, बमबहादुर कोइराला, गणेश अधिकारी, प्रेमबहादुर बरुवाल, भवेन्द्र गौतम, माधव घिमिरे, छविलाल सुवेदी, चूडामणि पराजुली, चूडामणि वशिष्ठ र उमाकान्त पोखरेल सर्वसम्मत चयन भएका छन् ।
सोही भेलाले जिल्ला प्रतिनिधिमा खडानन्द गुरागाई र प्रदेश प्रतिनिधिमा टंकनाथ शर्मा पाण्डे र लक्ष्मण पोखरेललाई चयन गरेको निर्वाचन समितिका संयोजक गोविन्द कोइरालाले जानकारी दिए ।
नेपाल बुद्धिजीवी परिषद १ नम्बर प्रदेश सहइञ्चार्ज चित्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा भएको थियो ।
अधिवक्ता दिपक निरौलाले उपस्थितहरुलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा परिषदका जिल्ला सचिव डा. राजेन्द्र अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मी गरागाईले गरेका थिए ।
Comments