कर्मचारी युनियन दिवसः पत्रकार घिमिरेसहित दर्जनौंलाई सम्मान
Published:
by .भद्रपुर । नेपाल निजामति कर्मचारी युनियन झापाले युनियनको २१औं स्थापना दिवसको अवसरमा एकजना पत्रकार, दुईजना वहालवाला कर्मचारी र १५ जना अवकासप्राप्त निजामति कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्यमा चन्द्रगढीमा आइतबार सम्पन्न कार्यक्रममा पत्रकार रेवतीराज घिमिरे सम्मानित भएका हुन् । घिमिरेलाई प्रमुख अतिथि प्रसाई र युनियनका झापा अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङ्गले कुशल पत्रकारको रुपमा प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हो ।
युनियनले वर्ष उत्कृृष्ट कर्मचारी पुरस्कारबाट अमिना श्रेष्ठ र तरुण साहालाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको छ । संस्थामा रहेर युनियनलाई सहयोग पुर्याएकोमा अवकाशप्राप्त १५ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा मन्तब्य राख्दै नेतृ प्रसाईले निजामती कर्मचरीले जनगुनासोलाई समेट्ने गरी काम गर्न नसकेको बताइन् । उनले कर्मचारीले इमान्दारीका साथ काम नगर्दा आम नेपाली जनताले मुलुक बिगार्ने राजनीतिक दल र मन्त्री नै हुन् भनी गाली गर्ने गरेको टिप्पणी गरिन् ।
Comments