Sajhamanch Archive

ताप्लेजुङमा विद्यार्थी परिषदद्वारा शैक्षिक सामग्री वितरण

Published: in प्रदेश तह, शिक्षा, समाज by .

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो ।

ताप्लेजुङको फुङ्लिन नगरपालिका वडा नं.२ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए । यस्तै बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययारत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

११ हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सरकारबाट प्राप्त भएको शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए । ताप्लेजुङका अन्य विद्यालयमा भोलि शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको सचिव पंगेनीले जानकारी दिए ।

वितरण गरिएका सामग्रीमा प्रति विद्यार्थी ब्याग, पाँचवटा कापी, रेपिडेक्स पुस्तक, ज्यामिति बक्स, नेपाली बृहत शब्दकोश, टोपी लगायत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *