झापा क्षेत्र नं. १ को प्रदेश उम्मेद्वार सिफारिसमा एमालेबाट को-को ?
Published:
by .मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं। १ को प्रदेशसभा ‘१’ र ‘२’ का लागि उम्मेद्वार सिफारिस गरेको छ । हिजोको बैठकमा उम्मेदवारको आकांक्षा राख्ने नेताहरुको नाम आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई नाम सिफारिस गरेको हो ।
बैठकले क्षेत्र नं. १ ‘१’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, कृष्ण कनाल, विष्णु सुबेदी, शोभा खवास, प्रमेकुमार भट्टराई, बन्धनकुमार मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राजु पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेतीको नाम सिफारिस गरेको जनाइएको छ ।
यसैगरी क्षेत्र नं. १ ‘२’ का लागि रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्यको नाम सिफारिस भएको बताइएको छ ।
क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका रुपमा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइराला सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।
Comments