Sajhamanch Archive

काकँरभिट्टामा हाम्रो नेपाल साकोसको २२औं शाखा सुरु

Published: in शिक्षा, समाज, सहकारी by .

मेचीनगर। झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ ।

गत वैशाख १९ गतेदेखि नै कारोबार सुरू गरेको भएपनि उक्त शाखाको विधिवत उद्घाटन बुधबार गरिएको हो । मेचीनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले काँकरभिट्टा शाखा कार्यालयको उद्घाटन गरिदिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष तामाङ्गले सहकारीको माध्यमबाट नेपालीहरुमा बचत गर्ने बानीको विकास भएको बताए । उनले सहकारीले नाफा कमाउनु भन्दा पनि आफ्ना सदस्यहरुको जीवन उकास्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड बताए । साथै उनले केही सहकारीको बेइमानीका कारण पछिल्लो समय राम्रा र सफल सहकारीप्रति पनि आम मानिसले शंकाको नजरले हेर्ने गरेको बताए ।

हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गालले सदस्यको दुःख होस् वा सुख संस्था सधै उनीहरुको साथमा रहेको बताए । उनले अहिले धेरै सहकारीले सदस्यहरुलाई समस्या परेको बेला ऋण लगानी बन्द गरेर बसेको अवस्थामा पनि आफ्नो संस्थाले आवश्यकताको आधारमा सदस्यहरुलाई लगानी गरिरहेको बताए ।

संस्थाले कार्यालय उद्घाटनसँगै काँकरभिट्टा खानेपानी सस्थाको सभाहलमा शेयर सदस्य अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको छ । सोही अवसरमा संस्थाले तीनजना जेष्ठ नागरिक आमाहरुलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा खगमाया भट्टराई, कालीदेवी गौतम र योसिना गुरुङ्ग रहेका छन् ।

संस्थाको सञ्चालक समिति सदस्य राजेन्द्र गौतमले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत काँकरभिट्टा शाखा प्रमुख कुसुम सुवेदी र कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख ज्योति पराजुलीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *