चन्द्रगढी वनको २३औं साधारणसभा सम्पन्न
Published:
by .भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २३औं साधारणसभा सम्पन्न गरिएको छ ।
समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत साधारणसभा सम्पन्न गरिएको हो ।
साधारणसभामा अध्यक्ष भट्टराईले वार्षिक कार्य योजनासहित सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै वन क्षेत्रलाई हरित पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष अनुज खतिवडाले एक करोड ६३ लाख ८३ हजार ३३९ रुपैयाँ आम्दानीसहितको आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सचिव पार्वती मल्लले सञ्चालन गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दै वन संरक्षणमा सबै उपभोक्ता एक हुनुपर्ने धारणा राखेका थिए ।
Comments