Sajhamanch Archive

द एभरेष्ट साकोस दमकले सुरु गर्यो ११औं साधारणसभा

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by .

कमल । द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजदेखि सेवा केन्द्र स्तरीय साधारणसभा सुरु गरेको छ ।

दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको सो संस्थाले ११औं वर्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै आजबाट सेवाकेन्द्र स्तरीय साधारणसभा सुरु गरेको हो ।

संस्थाका अध्यक्ष दिपक खरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा सो सहकारीको शेयर पुँजी ७ करोड ७ लाख २ हजार रुपैयाँ पुर्याइएको छ जुन गतवर्षको तुलनामा ४१ लाख ७९ हजार ६ रुपैयाँले बृद्धि भएको छ ।

संस्थाले समीक्षा वर्षमा ४ अर्ब ७७ करोड ९ लाख ३८ हजार ५१९ रुपैयाँ निक्षेप संकलन गरेको छ भने अन्य बचततर्फ ५९ लाख १९ हजार २५९ रुपैयाँ गरी जम्मा बचत ४ अर्ब ७३ करोड ५३ लाख ७९ हजार ९९८ रुपैयाँ पुर्याइएको उल्लेख छ । संस्थाले समीक्षा वर्षमा १० करोड ९६ लाख ७३ हजार ८४३ रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा जनाइएको छ ।

आज शनिबार केर्खा सेवाकेन्द्रबाट सुरु गरिएको साधारणसभा क्रमशः सुरुङ्गा, बिर्तामोड, बुधबारे, उर्लाबारी हुँदै भदौ २९ गते दमक सेवाकेन्द्र स्तरीय साधारणसभा गरिनेछ । संस्थाले भदौ ३० गते सुझाव संकलन सहितको माइन्युट प्रमाणीकरण गर्दै संस्थाको ११औं साधारणसभा सम्पन्न गर्ने कार्यसूची रहेको केर्खा सेवाकेन्द्र प्रमुख प्रेमचन्द्र भण्डारीले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले सहकारीको उत्पत्ति, विकास, सिद्धान्त र वर्तमान अवस्थाका बारेमा प्रकाश पार्दै सहकारीका सञ्चालक र कर्मचारीको लापरवाहीका कारण कतिपय सहकारीले सदस्यहरुको विश्वास गुमाएको जिकिर गरे ।

संस्थाका प्रशासन विभाग प्रमुख धर्मानन्द भट्टराइले सञ्चालन गरेको सो कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई केर्खा सेवा केन्द्र समितिका संयोजक भुवन चम्लागाईंले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *