Sajhamanch Archive

साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै

Published: (Updated: ) in खेलकुद, परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, by .

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २–१ र भारतलाई ३–१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम राख्दै फाइनल पुग्ने योजनामा नेपाल छ ।

नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।

यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

उता समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको श्रीलंकाले माल्दिभ्सलाई १–० ले हराएको थियो भने बंगलादेशसँग ५–१ ले पराजित भएको थियो ।

आजै बंगलादेश र भारतबीच अर्को सेमिफाइनल खेल पनि हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *