Sajhamanch Archive

सताक्षीधाम–कनकाई–दोमुखा क्षेत्रको विकासमा लगानी भित्र्याउन पहल गर्ने कांग्रेस सभापति थेवेको आश्वासन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

शिवसताक्षी । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई–दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं ९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत कार्यक्रममा नेता थेवेले सो आश्वासन दिएका हुन् । कनकाई धाम, कन्काइ नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटीहोम, दोमुखा लागायत धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्धनमा आफ्नो सँधै अग्रसरता रहेको उनको दावी छ ।

आगामी दिनमा पनि यस्ता धार्मिक पर्यटकीय स्थलहरुमा रास्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरमा पहल गरेर लगानी भित्र्याउन आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसले पहल र अगुवाई गर्ने उनको आश्वासन छ ।

शिवसताक्षी वडा नं १० को कनकाई तट्मा रहेको माङ्हिम मन्दिरमा किराती संस्कार अनुसार माङ्सेवा गरी प्रारम्भ गरिएको कार्यक्रममा प्रदेश सांसदका प्रत्यासी उम्मेद्वार एकराज उप्रेतीले जनप्रतिनिधिले चाहेमा विकासको मूल फुटाउन असजिलो नभएको भनाई राखे । यसअघि निर्वाचित जनप्रतिनिधिले विकासका लागि खासै पहल गर्न नसकेको उनको आरोप छ ।

१० नं वडा सभापति लक्ष्मी योङ्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्शुराम ढुङ्गाना, खड्ग कार्की, सन्त फेउदेन, नगर सभापति अशोक बस्नेत लगायतले मन्तब्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *