Sajhamanch Archive

काठमाडौं महानगरका सहकारीको साधारणसभामा भाषण बन्देज, सोझै एजेण्डामा छलफल गर्न निर्देशन

Published: in अर्थतन्त्र, सहकारी, स्थानीय तह by .

काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाले वार्षिक साधारणसभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ ।

विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारणसभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

विभागले सहकारी संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउनसमेत भनेको छ । विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र साधारणसभामा कूल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न भनेको छ ।

सभामा लेखापरीक्षण प्रतिवेदन, संचालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न समेत निर्देशन दिइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *