जन्मदिनमा विपन्न परिवारलाई खाद्यान्न प्रदान
Published:
by .दमक । लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्तरगत झापाको कमल गाँउपालिका वडा नं। ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
क्लवका कोषाध्यक्ष एवं दमकका युवा व्वसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको वित्तीय सहयोगमा १० घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो ।
क्लबका सचिव विष्णुप्रसाद पोखरेलले दिएको जानकारी अनुसार साहेवालाले चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चीनि लगायतका दैनिक आवश्यकीय उपभोग्य सामाग्रीहरु प्रतिपरिवार कम्तिमा पनि १ महिना पुग्ने गरी उपलब्ध गराईएको हो ।
क्लवका अध्यक्ष अशोककुमार अग्रवालले तडकभडक तथा होटलहरुमा गएर जन्मदिन मनाउनेभन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भएपनि जन्मदिन मनाउने सोच अनुसार लायन्स क्लव अफ झापा मार्फत आफुले खाद्यन्न उपलब्ध गराएको बताए ।
खाद्यान्न वितरण कार्यक्रममा वडा नं। ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले दीर्घ रोगी अपाङ्ता भएका अति विपन्न परिवारलाई लायन्स क्लव मार्फत खाद्यान्न बितरण अभियानको रुपमा चलाउँदै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्थानीय सामाजिक अगुवा दिपक खड्काले कार्यक्रमको सहजिकरण गरेका थिए ।
Comments