अर्जुनधारा र बाह्रदशीमा सहकारी समन्वय समिति गठन
Published:
by .झापा । जिल्ला सहकारी संघ झापाले हालै अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकामा सहकारीकर्मीहरुको भेला गरी पालिका सहकारी समन्वय समिति गठन गरेको छ ।
जिल्ला सहकारी संघका कार्यालय प्रमुख सञ्जु देवानले उपलब्ध गराएको विवरण अनुसार भाद्र २८ गते अर्जुनधारामा र २९ गते बाह्रदशीमा समन्वय समिति गठन गरिएको हो ।
जिल्ला संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा बाह्रदशीमा आयोजित सहकारीकर्मीहरुको भेलाले पालिका सहकारी समन्वय समिति गठन गरेको हो ।
गणेश बहुउद्देश्यीय सहकारी संस्था बाह्रदशीको सभाहलमा ध्रुव निरौलाको अध्यक्षतामा आयोजित १७ जना सहकारीकर्मी उपस्थित भेलाले निरौलाकै संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा रमेशप्रसाद अधिकारी, सचिवमा विष्णुप्रसाद भट्टराई र सहसचिवमा ताला मुर्मु चुनिएका छन् । यस्तै सदस्यहरुमा खोमादेवी मिश्र रेग्मी, यमकुमारी बराल र बुधु राजवंशी चयन भएका छन् ।
यसैगरी, भाद्र २८ गते २० वटा सहकारी संस्थाको प्रतिनिधित्वमा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अर्जुनधारामा पनि समन्वय समिति गठन गरेको छ ।
पालिका समन्वय समितिका संयोजक लोकमान श्रेष्ठको अध्यक्षतामा आयोजित भेलाले कृष्ण चापागाईं संयोजक, रञ्जना कार्की सहसंयोजक, हरिबहादुर वाग्ले सचिव र पवित्रा श्रेष्ठ सहिसचिव रहने गरी नयाँ समिति गठन गरेको हो ।
समन्वय समतिको सदस्यहरुमा कृष्ण तामाङ, ज्ञानकुमारी थापा, राधिका श्रेष्ठ र कृष्णप्रसाद दंगाल रहेका छन् । सो भेलाले निवर्तमान पालिका संयोजक लोकमान श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
Comments