Sajhamanch Archive

कनकाई क्याम्पस सुरुङ्गाले पायो क्युएए प्रमाणपत्र : विद्यार्थीले गरे दीप प्रज्वलन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गामा रहेकोे कनकाई बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ ।

क्याम्पसले उक्त प्रमाणपत्र प्राप्त गरेको खुसीयालीमा तहाँ अध्ययनरत विद्यार्थीहरुले आज साँझ क्याम्पस परिसरमा दीप प्रज्वलन पनि गरेका छन् । क्याम्पसमा गठित विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीले संयुक्त आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा क्याम्पसका प्राध्यापकसहित कर्मचारीहरुको सहभागिता थियो ।

क्याम्पसका शैक्षिक योजना तथा ब्यवस्थापन विभागका सहायक प्राध्यापक चन्द्र विनोद कोइरालाले मैनबत्ती सल्काएर दीप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको हो ।

दीप प्रज्वलन पछि बोल्दै विद्यार्थी अशोक पाठकले कनकाई क्याम्पसले क्युएए प्राप्तगर्नु ठूलो उपलब्धि भएको बताए । यो विषय विद्यार्थीको लागि पनि गौरवको कुरा हो ।

मन्तब्य राख्ने अर्का विद्यार्थी अनुप भण्डारीले विद्यार्थी संगठनहरु अन्य विषयमा आआफ्ना नारा, उद्देश्य लिएर हिंडे तापनि यो खुसियालीमा एकजुट भएर दीप प्रज्वलन गरिएको र क्याम्पसमा क्युएए प्राप्त गर्नका लागि पनि विद्यार्थी संगठनहरुको अहम भूमिका रहेको बताए ।

कनकाई बहुमुखी क्याम्पसले क्युएए प्राप्त गर्नका लागि लामो सङ्घर्ष गर्दै आएको स्मरण गर्दै क्याम्पसका अध्यक्ष प्रेमप्रसाद चुडालले भर्खरै मात्र अनुदान आयोगबाट कनकाई बहुमुखी क्याम्पसलाई उक्त सटिफिकेट प्रदान गरेको जानकारी दिए ।

क्याम्पसले क्युएए सर्टिफिकेट प्राप्त गरेसंगै अब कनकाई बहुमुखी क्याम्पसका विद्यार्थीको सर्टिफिकेट अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट मूल्याङ्कन मात्रै हुने नभई कनकाई बहुमुखी क्याम्पसले शैक्षिक र भौतिक विकासका लागि विश्वविद्यालयअनुदान आयोगबाट समेत सहयोग प्राप्त हुने कुरामा विश्वश्त रहेकोे क्याम्पस प्रमुख विकासकुमार उप्रेतीको भनाई छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *